ताजा खबर

दाङमा १०१ मिलिमिटरभन्दा बढी वर्षा, सचेत रहन जिल्ला प्रशासनको आग्रह

SITENAME

घोराही, २१ असार । दाङमा अत्याधिक वर्षा भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार हिजो देखि आज बिहानसम्म १०१ मिलिमिटर वर्षा भएको छ । जुन खतराको अवस्था मनिन्छ ।

प्रशासनले सार्वजनिक गरेको विवरण अनुसार दाङमा सबैभन्दा बढी कोइलाबास क्षेत्रमा वर्षा भएको छ । कोइलाबासमा १०१.८ मिलिमिटर पानी परेको छ । 

यस्तै देउखुरीको बगासोतीमा ६८.८ मिलिमिटर, लालमटीयामा ६४.८ मिलिमिटर, गंगदिमा ५५.० मिलिमिटर, लमही ३६.६ मिलिमिटर, शुक्रबारेमा ३०.६ मिलिमिटर, घोराहीमा २२.४ मिलिमिटर, अम्बापुर २१.४ मिलिमिटर र राटामाटा बंगलाचुलीमा ०.२ मिलिमिटर वर्षा भएको छ ।

वर्षा अत्याधिक भएपछि दाङका प्रमुख नदि राप्ती र बबई लगायत सहायक खोलाहरुमा पानीको बहाव बढ्दै गएको छ । वर्षाका कारण बाढी र पहिरोको जोखिम बढी भएकाले आवश्यक सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले आग्रह गर्नुभएको छ ।

वर्षा अहिले पनि निरन्तर भइरहेको छ । वर्षातपछि किसानलाई राहत भएपनि बाढी पहिरोको जोखिम भएको छ । निरन्तको वर्षातका कारण पातुखोला, ग्वारखोला, सेवारखोला लगायतका खोलामा पानीको सतह बढेको छ ॥

प्रतिकृया दिनुहोस
SITENAME

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ध्रुव केसी सहितको प्यानल विजयी 

घोराही, २७ वैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मत गणना सम्पन्न भएको मुख्य निर्वाचन

SITENAME

दाङमा एक जनाको बञ्चरो प्रहारबाट हत्या

घोराही, २६ वैशाख । सामुदायिक वनमा भएको विवादले उग्र रुप लिदा दाङमा एक जनाको हत्या भएको छ । आज दिउँसो १ः४० बजेको समयमा जिल्लाको राजपुर गाउँपालिका–४

SITENAME

पर्यटन प्रवद्र्धनका लागि घोराहीमा स्ट्रिट फुड फेस्टिभल हुने

घोराही, ३० चैत ।  दाङ देउखुरी होटल व्यवसायी समिति दाङले सडक खाना महोत्सव (रोड फुड फेस्टिभल) गर्ने भएको छ ।    दाङको पर्यटन प्रवद्र्धन तथा ओरालो

↑