ताजा खबर

दाङमा अत्याधिक वर्षा, सबैभन्दा धेरै घोराहीमा २१४ मिलिमिटर बर्षा

SITENAME

घोराही, २२ असार । दाङमा अत्याधिक वर्षा भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार बितेको २४ घण्टामा २१४ मिलिमिटर वर्षा भएको छ । जिल्लामा वर्षाको मापन खतराको स्तरभन्दा माथि पुगेको छ । १०० मिलिमिटर भन्दा बढीलाई खतरा मानिन्छ । प्रशासनले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी घोराही क्षेत्रमा वर्षा भएको छ । 

घोराहीमा २१४ मिलिमिटर पानी परेको छ । यस्तै लमहीमा १८१.८ मिलिमिटर, लालमटियामा १४९ दशमलव ४ मिलिमिटर, शुक्रबारेमा १४५ मिलिमिटर, गंगदिमा ११६ दशमलव ४ मिलिमिटर, कोइलावासमा ६५ दशमलव २ मिलिलिटर, देउखुरीको बगासोतीमा ५१ दशमलव ६ मिलिमिटर, अम्बापुर १९ मिलिमिटर र राटामाटामा १० दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

वर्षा अत्याधिक भएपछि दाङका प्रमुख नदि राप्ती र बबई लगायतका सहायक खोलाहरुमा पानीको बहाव बढेको छ । वर्षाका कारण बाढी र पहिरोको जोखिम बढी भएकाले आवश्यक सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनुभयो । वर्षा अहिले पनि निरन्तर भइरहेकाले अति जरूरी नभएसम्म यात्रा नगर्न जिल्ला प्रशासनले आग्रह गरेको छ ॥

प्रतिकृया दिनुहोस
SITENAME

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ध्रुव केसी सहितको प्यानल विजयी 

घोराही, २७ वैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मत गणना सम्पन्न भएको मुख्य निर्वाचन

SITENAME

दाङमा एक जनाको बञ्चरो प्रहारबाट हत्या

घोराही, २६ वैशाख । सामुदायिक वनमा भएको विवादले उग्र रुप लिदा दाङमा एक जनाको हत्या भएको छ । आज दिउँसो १ः४० बजेको समयमा जिल्लाको राजपुर गाउँपालिका–४

SITENAME

पर्यटन प्रवद्र्धनका लागि घोराहीमा स्ट्रिट फुड फेस्टिभल हुने

घोराही, ३० चैत ।  दाङ देउखुरी होटल व्यवसायी समिति दाङले सडक खाना महोत्सव (रोड फुड फेस्टिभल) गर्ने भएको छ ।    दाङको पर्यटन प्रवद्र्धन तथा ओरालो

↑