ताजा खबर

प्रलेसको २७ औँ स्थापना दिवस, ६ जनालाई सम्मान र पुरस्कार

SITENAME


घोराही, ३ पुस/


प्रगतिशिल लेखक संघ नेपाल दाङको २७ औँ स्थापना दिवस आज घोराहीमा मनाईएको छ । स्थापना दिवसका अबसरमा ४ जना स्रष्टालाई पुरस्कृत र दुईजनालाई सम्मान गरिएको छ । 

 

 

संघका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता तथा बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा स्थापना दिबस मनाईएको हो । 

 

कार्यक्रममा चिन्तामणि — जमुना साहित्य पुरस्कार शुष्मा शर्मा घिमिरेलाई, प्रगतिशिल साहित्य पुरस्कार प्राध्यापक डा. भागबत शर्मा, अनन्त टीका प्रतिभा पुरस्कार कुलबिर चौधरी र गोबिन्द चिस साहित्य पुरस्कार चन्द्रबहादुर थापालाई प्रदान गरिएको छ । 

 

त्यसैगरी, माणिकलाल गौतम र प्रताप रेग्मीलाई संघले सम्मान गरेको छ । स्थापना दिवसमा निमबहादुर थापा(नुरदेव)ले लेख्नुभएको सातौ कृती समिक्षा पुस्तकको विमोचन गरिएको छ । 

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले साहित्यमा समाज रुपान्तरणका भाब र खबरदारीपन आउनु पर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा साहित्यकारहरुले बिभिन्न रचना बाचन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण संघका सचिब छविलाल कोपिलाले गर्नुभएको थियो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

गायक विक्रम जंग थापाको ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक

दाङ्गाली गायक तथा मोडल विक्रम जंग थापाको नयाँ गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक भएको छ । दाङबाट गायन यात्रा शुरु गर्नु भएका गायक तथा

SITENAME

तिहारको आज मुख्य दिन, भाइटीका,

दाङ, १० कातिक । यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र

SITENAME

कमल गाउँलेको के के हुने हो सार्वजनिक

घोराही, ८ साउन/ हास्य कलाकार कमल गाउँलेले यस बर्ष गाईजात्रे ‘के के हुने हो’ नामक गित सार्वजनिक गर्नुभएको छ । कलाकार गाउँलेले २० औँ कोशेलीका?पमा

↑